अत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा पुर्याइएकोअवरोधप्रति खेद एवं निन्दा

प्रेस विज्ञप्तिः अत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा पुर्याइएकोअवरोधप्रति खेद एवं निन्दा   

 सरकारी निकाय नेपाल विद्युत प्राधिकरणद्वारा हालैका दिनमा गरिरहेकोअत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा अवरोध पुर्‍याउने गतिविधिहरुप्रतिकम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) खेद प्रकट गर्दैदेहाय बमोजिम आफ्नो धारणा ब्यक्त गर्दछ । 

1) क्यान महासंघ - सरकारी निकाय नेपाल विद्युत प्राधिकरणले नियोजितरुपमा भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, खाडीचौर, धनगढी लगायतका स्थानहरुमा इन्टरनेट सेवा प्रदायकहरुका फाइबर तार काटेको तथा सोहि कारण अत्यावश्यकइन्टरनेट-सेवा प्रवाहमा पुगेको अवरोधप्रति खेद प्रकट गर्दछ र सरकारी निकायका त्यस्ता कार्यहरुको घोर निन्दा गर्दछ ।

2) क्यान महासंघ - सरकारी निकाय नेपाल विद्युत प्राधिकरणले बढाएकोपोलको भाडादरका आधारमा पुर्वाधारको लागत अझ बढन गईईन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक १ सय पचास देखि ३ सयसम्मशुल्क बढ्ने र सोहि अनुमतिका निम्ति निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले नेपाल दूरसंचार प्राधिकरणमा अनुरोध गरेको, यसै सन्दर्भमा पोल भाडा दर विवाद समाधान हुदा ईन्टरनेट सेवा प्रवाहमा अवरोध नहुने तथा पोलको भाडा दर पुरानै कायम राख्दा ईन्टरनेटको शुल्क नबढ्ने हुंदा संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण, नेपाल विधुत प्राधिकरण लगायतका सरकारी निकायहरु एवं निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुका विचमा परिणाम उन्मुख छलफलको निम्ति अनुरोध गर्दछ । 

3) निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरु र सरकारी निकाय नेपाल विद्युत प्राधिकरणबीच पोल भाडा दर विवाद भैरहंदा नेपाल विद्युतप्राधिकरणका कर्मचारीहरुद्वारा जथाभावी ढंगले फाइबर तार काटेकोअवस्थामा अर्को सरकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मिति २०७८ साल असोज १६ गते दुख: व्यक्त एवं दूरसंचार ऐन, २०५३को प्रावधान संझाउदै कानुनी कारवाही तथा इन्टरनेट सेवा सम्बन्धि पूर्वाधारको सुरक्षा हेतु सम्वन्धित पक्षलाई अनुरोध गरेको सुचनाले हाम्रा सरकारी निकायहरु विचको आपसी सामञ्जस्यता तथा तालमेलको अवस्था छर्लङ्ग भएको छ । क्यान महासंघ - फेरी पनि सम्माननीय प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री, सञ्‍चार तथा सूचनाप्रविधि मन्त्रालयसंग प्रत्यक्ष रुपमा हस्तक्षपकारी, अभिभावकिय एवं नेतृत्वदायी भुमिकाका निम्ति अनुरोध गर्दछ ।

4) सरकारले आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा ३ को उपदफा(१) को अधिकार प्रयोग गरी मिति २०७८ जेष्ठ १७ गते इन्टरनेट सेवालाई पनि अत्यावश्यक सेवामा पारेको तथा अत्यावश्यक सेवामा रहेको क्षेत्रमा हडताल निषेध गरेकोमा बर्तमान अवस्थामा इन्टरनेट सेवा हडतालका कारण नभै अन्य संस्थाका गतिविधिका कारण ब्यबधान हुनपुगेको हुंदा "आवश्यक सेवा संचालन ऐन, २०१४" मा हडताल मात्र निषेध नगरी यस्ता क्रियाकलापलाई समेत बन्देज गर्न तथा आवश्यक जरिवाना तथा सजायको प्राबधान राख्ने पहलका निम्ति क्यान महासंघ सम्बन्धित सबै पक्षमा हार्दिक अनुरोध गर्दछ । अन्त्यमा क्यान महासंघ सरकारी निकाय नेपाल विद्युत प्राधिकरणलाई समस्या समाधानका निम्ति संयमता अपनाउन, छलफलको बाटो रोज्न तथा इन्टरनेट सेवा प्रवाहमा कुनै पनि रुपमा अवरोध नपुर्याउन हार्दिक अनुरोध गर्दछ ।   

 धन्यवाद ।                 

नारायण थापा

महासचिव 

मितिः २०७८ असोज १७ गते आइतवार


Press Release Details

Posted on : 3rd October, 2021
Posted by : Niruta Rana
Created at : 3rd October, 2021

Other Press Releases

प्रेस विज्ञप्ति: नेसनल आईसीटी स्कलरसिप– २०८०...
26th August, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न...
12th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३: स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आइतबार अन्तिम दिन ।...
11th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो ।...
10th February, 2023
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेक २०२३ मा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा...
9th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेकको दोस्रो दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड...
8th February, 2023
प्रेस विज्ञप्ति: सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक २०२३’...
7th February, 2023
क्यान इन्फोटेक २०२३ का सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन...
26th January, 2023
क्यान महासंघ 'नेसनल आईसीटी स्कलरसिप– २०७९’...
10th August, 2022
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म हुने...
22nd February, 2022

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds