ICT Seminar on Digital Financial Services 2019 at Banke on July 23, 2019

Card image

क्यान महासँघ बाके शाखाको आयोजनामा मिति २०७६ साल श्रावन महिना को ७ गते मंगलबार मोवाईलबाट वित्तीय कारोबार गरि समय र पैसा को बचत गरौ भन्ने नाराका साथ प्रभु पे आई. सि. टि. सेमिनार भव्यताका साथ सम्पन भयको छ I DIGITAL FINANCIAL SERVICES र ICT FOR GOOD GOVERNANCE को शिर्षकमा सम्पन भएको कार्यक्रम मा DIGITAL FINANCIAL SERVICES मा Prabhu Management का DIGITAL FINANCIAL SERVICES HEAD श्री केशब राज आचार्यज्यूले आफ्नो प्रस्तुतीकरण दिनुभयो भने यहि बिषयमा Prabhu Management कि श्री रिना श्रेष्ठज्यूले सहजीकरण गर्नुभएको थियो I ICT FOR GOOD GOVERNANCE को बिषयमा ई. उत्तम कार्कीज्यूले आफ्नो प्रस्तुतीकरण दिनुभयो I लर्ड बुद्ध ग्रूपका श्री पवन भट्टराईज्यूले क्यान नेशनल आइ.सी. टी स्कलरसिपको बिषयमा जानकारी दिनुभयो I
नेपालगंज उप-महानगरपालिका का उप-मेयर श्री उमा थापामगर प्रमुख अतिथि रहेको कार्यक्रम मा उप मेयर थापाले सूचना प्रविधि मा अभ्यस्थ नहुदा स्मार्ट सिटि बनाउन कठिनाई भैरहेको र अब यो कठिनाईबाट समाधानका लागि क्यान महासंघ बाके शाखासंग नेपालगंज उप महानगरपालिकाले सहकार्य गर्ने प्रतिबद्ता ब्यक्त गर्नु भयो I क्यान महासंघ नेपाल का केन्द्रय सदस्य श्री इश्वर प्रसाद पोखरेलज्यु ,पूर्व उपाध्यक्ष श्री संजय थापाज्यु प्रदेश न. ५ का अध्यक्ष श्री धुर्ब राज शर्माज्यु ,उच्च अदालत बार एसोसिएसन का पदाधिकारि नेपालगंज उधोग बाणिज्य संघका सदस्यहरु, विभिन्न सहकारी तथा बैंकका प्रतिनिधिहरु, आइसीटी संग सरोकार राख्ने व्यक्तिहरु तथा बाके जिल्लाका बिभिन्न स्कुल कलेजका शिक्षक तथा बिध्यार्थिहरु गरि करिब १७० जना को सहभागिता रहेको थियो I


Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds