ICT Seminar on Digital Financial Services for Financial Inclusion at Birendranagar Surkhet, August 7, 2019

Card image

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासँघ) सुर्खेतको आयोजनामा बिरेन्द्रनगरमा प्रदेश स्तरीय " सुचना तथा सञ्चार प्रविधि सम्मेलन " IME PAY - ICT Seminar on Digital Financial Services for Financial Inclusion 2019" भब्य रुपमा सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार उद्योग पर्यटन बन तथा वातावरण मन्त्री माननीय नन्दसिंह बुढाको प्रमुख आतिथ्यता, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव बिनोद गौतम, सुर्खेत उद्योग वाणिज्य महासँघका महासचिव लक्ष्मण कंडेल, प्याब्सन सुर्खेतका अध्यक्ष बेद प्रसाद ढकाल, बिरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदी, बिरेन्द्रनगर नगरपालिका लेखा समिति सदस्य उपेन्द्र खड्का, क्यान महासंघका उपाध्यक्ष रोमकान्त पाण्डे, क्यान महासंघ जाजरकोटका अध्यक्ष हेमन्त खत्री, कालिकोटका अध्यक्ष हिक्मत शाही, क्यान महासंघ सुर्खेत शाखाका पदाधिकारी तथा सदस्यहरु, क्यान महासंघ कर्णाली प्रदेशका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेम चन्दको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तिलकप्रसाद आचार्यले स्वागत मन्तव्य तथा जीवन शाहीले कार्यक्रम संचालन गर्नुभएको थियो ।


Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds