Press Release of CAN Info-Tech 2019

प्रेस विज्ञप्ति

क्यान इन्फोटेक २०१९ माघ १५ देखि २० सम्म

नयाँ–नयाँ प्रविधिको अवलोकन सँगै जागिरको अवसर पनि

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि आयोजना गर्दै आएको क्यान इन्फोटेकलाई यो वर्ष पनि निरन्तरता दिएको हो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

काठमाडौ बाहिर प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३, प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३०, प्रदेश ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । मेलालाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यसपटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको छ । त्यस्तै, नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिनेछन् ।

क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ । मेलामा प्रत्येक तीन÷तीन घण्टामा चिठ्ठामार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिनेछ । मेलामा कुनै पनि पुराना इलेक्ट्रोनिक सामान लगेर अवलोकनकर्ताले आकर्षक गिफ्ट या अर्को सामानमा छुटसमेत प्राप्त गर्न सक्नेछन् । त्यस्तै, नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिनेछ । सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आईटी कम्पनीहरुमा पठाइदिनेछ र रोजगारीका लागि आवश्यक सहजीकरण गरिदिनेछ ।

२५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । त्यस्तै, सिल्भर स्पोन्सरमा एसएचटिसी इन्टरनेसनल, एस–पावर बिपिई प्रा.लि. र लर्डबुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् भने अफिसियलमा नेपाल टेलिकम र नेपाल क्लियरिङ हाउस लिमिटेड रहेका छन् । त्यस्तै, अफिसियल बैंक प्रभु बैंक, अफिसियल पेमेन्ट पार्टनर F1 Soft, अनलाइन टिकेटिङ पार्टनर ई सेवा, अफिसियल SMS पार्टनर Sparrow SMS, अफिसियल ISP- SUBISU रहेको छ ।

क्यान इन्फोटेकको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स लिमिटेड हो । प्रभु इन्स्योरेन्सले प्रदर्शनीस्थल र स्टलको २ करोड रूपैयाँबराबरको बिमा गर्नेछ । त्यस्तै, कम्पनीले प्रत्येक स्टललाई पाँचवटा बिमा पोलिसी प्रदान गर्नेछ ।

कुल १७५ वटा स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रूपैयाँ र विद्यार्थीलाई ५० रूपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रूपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

आमजनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित मेलामा अनलाइन टिकटको व्यवस्था मिलाइएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्देश्यले अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट प्रदान गरिएको छ । अनलाइन टिकट www.can.esewa.com.np लगइन गरी खरिद गर्न सकिनेछ ।

अन्त्यमा, ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ प्रदर्शनी अवधिभरका सम्पूर्ण गतिविधि यहाँहरुको सञ्चार माध्यमबाट जनमानस समक्ष पुर्याइदिनहुन सबै पत्रकार महोदयमा हार्दिक अनुरोध छ । सहयोगका लागि धन्यवाद ।


News Details

Posted on : 9th January, 2019
Posted by : Neha Shrestha
Updated on : 22nd January, 2019

Other News

CAN Info-tech 2020...
19th December, 2019
CAN Info-tech 2020 regarding Press Meet...
19th December, 2019
२६ औ क्यान इन्फोटेक-२०२०, मिति २०७६ फाल्गुन २ गतेदेखि ७ गतेसम्म भृकुटिमण्डप काठमाडौँमा, माघ १ गतेदेखि ५ गतेसम्म प्रदेश १ को इटहरीमा, माघ ९ गतेदेखि १३ गतेसम्म प्रदेश २ को बिरगंजमा , माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा, माघ २४ गतेदेखि २८ गतेसम्म प्रदेश ३ को चितवनमा,फाल्गुन ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा,फाल्गुन २० देखि २४ गतेसम्म नेपालगंजमा (जिल्ला स्तरीय ),फाल्गुन २८ गतेदेखि चैत्रको १ गतेसम्म प्रदेश ७ को धनगडीमा ,चैत्र ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न हुदैछ I Audio Notice सुन्नको लागि कृपया : १६१८०७०७००२२६ मा dial गर्नुहोला I...
9th December, 2019
क्यान महासंघमा नयाँ कार्यसमिति, को–को भए चयन ?...
28th November, 2019
क्यानको नेतृत्वमा कुँवर...
28th November, 2019
कम्प्युटर एसोसिएसन नेपालको अध्यक्ष्यमा नवराज कुँवर...
28th November, 2019
क्यान अध्यक्षमा नवराज कुँवर विजयी...
28th November, 2019
वीरगंजमा पहिलो आईसिटी सेमिनार सम्पन्न, आईटी अध्ययन गर्न २ करोड बराबरको छात्रवृति प्रदान गरिने...
2nd August, 2019
प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न...
18th May, 2019
CAN Siraha Membership Application form is Open. Contact at 9842840674, 9807771972 Email ID : hctclahan2069@gmail.com...
17th January, 2019

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds