प्रेस विज्ञप्ति: क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो ।

PDF

~~ प्रेस विज्ञप्ति ~~  

क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो    

काठमाडौं । राजधानीमा माघ २४ देखि जारी ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ मा प्रविधिप्रेमीहरुको घुँइचो लागेको छ । प्रर्दशनीको चौंथो दिन विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्नेहरु इन्फोटेक अवलोकन गरेका छन् ।    आइतबारसम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।    

त्यस्तै नेपाली उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिहरुले पनि अवलोकनकर्ताको ध्यान तानेका छन् । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरुमा पनि शुक्रबार अवलोकनकर्ताको निकै भिड देखिन्थ्यो । विशेषगरी नेपाली विद्यार्थीले तयार पारेका एप्लिकेसन र प्रोजेक्टहरुमा अवलोकनकर्ता बढी झुम्मिएका छन् ।  

त्यस्तै विभिन्न स्टार्टअपहरु यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स लगायतका स्टलमा बढी चासो देखिएको छ ।    

स्टल नम्बर एच ८ मा रहेको रमाइलो गेम्समा प्रर्दशनीको पहिलो दिनदेखि नै अनलाइन गेमिङ च्यालेन्ज सञ्चालन भइरहेको छ । त्यस्तै शुक्रबारदेखि प्रर्दशनी स्थलबाटै अवलोनकर्ताका लागि टेलिस्कोपमार्फत सूर्य र आकाश मन्डल हेर्ने सुविधा ल्याइएको छ । यसमा विशेषगरी विद्यार्थीको चासो बढी देखिएको छ ।    

त्यस्तै शनिबार र आइतबार 'क्यान रोबो सकर' (रोबोट फुटबल प्रतियोगिता सञ्चालन हुने क्यान इन्फोटेकका गेमिङ को ओर्डिनेटर बिक्रान्त कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रर्दशनीका विभिन्न स्टलहरुमा कम्पनी स्वयंले पनि रमाइला तथा उपयोगी प्रतियोगिता आयोजना गरिरहेका छन् । यसअन्तर्गत यार्सा टेकले विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता सञ्चालन गरिरहेको छ । साथै एमएसआई कम्प्युटरले पीसी गेमिङ कम्पिटिसन सञ्चालन गरिरहेको छ ।     अर्कोतर्फ सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन एवं सेवामा विशेष अफर दिइरहेका छन् । साथै प्रर्दशनीबाटै कम्पनीले आफ्ना डिलर र बिक्रेता छान्ने र बजार विस्तार गर्ने अवसर पाएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले बताउनुभयो ।    

यसैबीच इन्फोटेक प्रर्दशनीमा विशिष्ट व्यक्तिहरु समेत पुग्ने क्रम जारी छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, प्रतिनिधिसभा सदस्य एवं नेकपा –एमाले) का नेता तारा लामा लगायतका विशिष्ट अतिथिले प्रर्दशनी अवलोकन गर्नुभएको थियो । त्यस्तै टिकटक स्टार बिना राउत, सरोज राना प्रजा, निमेश जङ्ग थापा लगायतले पनि शुक्रबार प्रर्दशनी अवलोकन गर्नुभएको छ । त्यस्तै CDPN का मकवानपुर र धादिङका विद्यार्थीहरु क्यान इन्फोटेक एजुकेसन टुरका रूपमा अवलोकनमा आएका थिए । त्यस्तै के एफ एच आई (कोरियन फुट फर द हङ्ग्री इन्टरनेसनल)का नेपालको निर्देशक जय म्युन पार्क पनि क्यान इन्पोटेक भ्रमणमा आउनु भएको थियो ।    

शनिबार ११ बजे राष्ट्रिय जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउत सहित विशिष्ट अतिथिहरु  आउने कार्यक्रम रहेको छ ।    

१५० भन्दा बढी स्टल रहेको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । ब्राण्डिङ कम्पनीका स्टल मुख्य हलभित्र रहेका कक्षहरुबाट तथा साना कम्पनीहरु ट्रसमा रहेका स्टलहमार्फत सुपथ मूल्यमा वस्तु तथा सेवाको विक्री गरिरहेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्य समेत गरिरहेका छन् ।    

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष खुशल रेग्मीले क्यान इन्फोटेकमार्फत विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासलाईबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको बताउनुभयो । उहाँका अनुसार यसपटक अनावश्यक भिडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरु बढी आएका छन् ।    

धन्यवाद । 

चिरञ्जीवी अधिकारी  

महासचिव  

मितिः २०७९ साल माघ २७ गते  


Press Release Details

Posted on : 10th February, 2023
Posted by : Udeep Baral
Created at : 10th February, 2023

Other Press Releases

प्रेस विज्ञप्ति: नेसनल आईसीटी स्कलरसिप– २०८०...
26th August, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न...
12th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३: स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आइतबार अन्तिम दिन ।...
11th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो ।...
10th February, 2023
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेक २०२३ मा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा...
9th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेकको दोस्रो दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड...
8th February, 2023
प्रेस विज्ञप्ति: सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक २०२३’...
7th February, 2023
क्यान इन्फोटेक २०२३ का सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन...
26th January, 2023
क्यान महासंघ 'नेसनल आईसीटी स्कलरसिप– २०७९’...
10th August, 2022
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म हुने...
22nd February, 2022

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds