Highlights

निर्बाचन कार्यक्रमको सूचना ।

Card image

कम्प्युटर एशोसिएशन नेपाल महासँघ (क्यान महासँघ)

केन्द्रिय निर्बाचन अधिकृतको कार्यालय
(क्यान महासंघको सचिवालय)
निर्बाचन कार्यक्रमको सूचना

यस कम्प्युटर एशोसिएशन नेपाल महासँघ (क्यान महासँघ) को मिति २०८१/०९/१३ गते शनिवार हुने बार्षिक साधारण सभा तथा महाधिवेशनबाट निर्बाचित गर्नु पर्ने ३९ सदस्यीय कार्य समिति मध्ये अध्यक्ष– १ प्रत्येक्ष निर्बाचनबाट र सदस्यहरु ३८ मध्ये ब्यक्तिगत समूह सदस्यहरुबाट १० जना, सँस्थागत समूह सदस्यहरुबाट १० जना, बिषयगत समूहबाट ४ जना र जिल्ला शाखाबाट प्रदेशगत रुपमा १४ गरि जम्मा ३८ जना तथा लेखा समिति सदस्यहरु ३ मध्ये ब्यक्तिगत समूह सदस्यहरुबाट १ जना, सँस्थागत समूह सदस्यहरुबाट १ जना र जिल्ला शाखा समूहबाट १ समेतको निर्बाचन प्रयोजनको लागि निम्न लिखित बमोजिमको निर्बाचन कार्यक्रमको सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ । 

 

नोट:
१.    उम्मेदबारले आफ्नो उम्मेदबारी मनोनयन पत्र दर्ता गर्दा आफ्नो नेपाली नागरीकता वा परीचय खुल्ने प्रमाण पत्रको प्रतिलिपी सहित उम्मेदबार स्वयम उपस्थित हुनु पर्ने छ । अनलाईन मार्फत उम्मेदवारी गर्न चाहेमा विद्युतिय हस्ताक्षर (म्ष्नष्तब िक्ष्नलबतगचभ० प्रयोग गरी गर्न सकिने छ । साथै सदस्य पदमा उम्मेदबार हुन इच्छा गर्ने उम्मेदबार आफू जुन समूहको हो सोही समूहको प्रस्ताबक वा सर्मथक हुनु पर्नेछ । जिल्ला शाखाबाट उम्मेदवारका लागि प्रस्तावक वा समर्थक जिल्ला समूह अन्र्तगत जुनसुकै जिल्ला शाखाको महाधिवेशन प्रतिनिधि मध्येबाट बस्न सकिने छ । उम्मेदवार हुन सँस्थाको बिद्यान बमोजिमको अयोग्य नरहेको हुनु पर्नेछ ।  
२.    जिल्ला समूहको उम्मेदवारले उम्मेदवारी मनोनयन पत्र दर्ता गर्दा विधानको तेश्रो संसोधन को दफा १७ (१२) बमोजिमको सक्कलै सिफारीस पत्र संलग्न गर्नु पर्ने । 
३.    उम्मेदबारी मनोनयन पत्र दर्ता दस्तुर निम्नानुसार लाग्नेछ । 
    (क) अध्यक्ष रु. ७५,०००।
    (ख) सदस्य रु. ३०,०००÷ (लेखा समिति समेत)
४.    मतदान हुने दिन २०८१/०९/१३ गते जुनसुकै समयमा मतदान शुरु भएपनि शुरु भएको समय देखि ३ घण्टा मतदान गर्ने समय निर्धारण गरिएको छ । 
५.    मतदाताहरुले नेपाल सरकारले जारी गरेको आफ्नो परिचय खुल्ने फोटो सहितको परिचय पत्र लिई आउनु पर्नेछ ।
६.     कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को उम्मेदवारी प्रक्रियामा भाग लिन चाहने व्यक्ति वा सम्बन्धित संस्थाहरूले क्यान महासंघसँग कुनै पनि किसिमको बक्यौता बाँकी रहेको भए, त्यो फछ्र्यौट (भुक्तानी) गरिएको हुनुपर्छ ।

 


Notice Details

Posted on :18th December, 2024
Posted by : Udeep Baral
Updated at : 18th December, 2024

Other Notices

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
7th November, 2025
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
19th October, 2025
Notice for Membership Renewal 2082/083...
28th July, 2025
Exim Code Labeling Procedure and Sample Design...
1st July, 2025
UA Hackathon Nepal 2025: Pioneering UA ready platforms...
4th May, 2025
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार आवेदन सम्बन्धी सूचना !...
6th April, 2025
Tender Notice!...
14th January, 2025
क्यान महासंघ १५औं केन्द्रीय कार्य समिति ।...
31st December, 2024
निर्वाचन प्रक्रिया...
27th December, 2024
सूचना सूचना सूचना !...
27th December, 2024

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds